काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।
जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने ठानिएको छ।
कलेजले हालसम्म एमबीबीएसमा दुई हजार दुई सय ६२, बीडीएसमा तीन सय ३५, एमडी/एमएस र एमडीएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवाअन्तर्गत डीएम एमसीएचमा आठ, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ।
प्रकाशित: १३ फागुन २०८१ १५:३९ | Tuesday, February 25, 2025
प्रतिक्रिया





