प्रकृतिका अभिभावकसँग प्रधानमन्त्रीले फोन संवादमा भने, ‘दुःखद् घटना भयो, छानबिन हुन्छ’

हिमाल प्रेस १३ फागुन २०८१ ११:३७ | Tuesday, February 25, 2025
प्रकृतिका अभिभावकसँग प्रधानमन्त्रीले फोन संवादमा भने, ‘दुःखद् घटना भयो, छानबिन हुन्छ’ प्रधानमन्त्री ओलीसँग संवाद गर्दै मृतक प्रकृति लम्सालका अभिभावक।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसास्थित केआईआईटी कलेजको छात्रवासमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका परिवारसँग फोन संवाद गरेका छन्। ओलीले मंगलबार बिहान रूपन्देहीको सिद्धार्थनगर-८ बैंक कलोनीस्थित घरमा रहेका प्रकृतिका आमाबा सुनिल लम्साल र आमा सरितालाई फोन गरी समवेदना व्यक्त गरेका हुन्।

ओलीले प्रकृतिका आमाबाबुलालाई दुःखद् घटना भएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारका तर्फ कारबाही अघि बढेको बताएका थिए। ‘पोस्टमार्टम रिपोर्ट आयो। फरेन्सिक रिपोर्टबारे अपडेट भइसकेको छैन। विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, ओलीले भनेका  छन्।

ओलीलाई नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतलाई फोन संवाद गराएका थिए। बस्नेतले भैरहवा पुगेर प्रकृतिका आमाबाबु र परिवारका सदस्यसँग भेट गरेका छन्।

प्रकृतिका अभिभावक भन्छन्, कलेज प्रशासनको लापरबाहीले छोरीको ज्यान गयो

 

प्रकाशित: १३ फागुन २०८१ ११:३७ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast