माओवादीको तराई केन्द्रित कार्यक्रम मोरङमा : बिहान कानेपोखरीमा कार्यक्रम, बेलुका दादरबेरीयामा बास

हिमाल प्रेस १३ फागुन २०८१ ८:३४ | Tuesday, February 25, 2025
माओवादीको तराई केन्द्रित कार्यक्रम मोरङमा : बिहान कानेपोखरीमा कार्यक्रम, बेलुका दादरबेरीयामा बास

काठमाडौँ-  झापाबाट सुरु भएको नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान मोरङमा केन्द्रित हुने भएको छ।

नेकपा माओवादी केन्द्रका अनुसार सोमबारबाट सुरु भएको कार्यक्रम आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताको स्वागत गर्ने कार्यक्रम छ ।

त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ। बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी-६ को रमाइलो बजारमा जनसभा हुनेछ। रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका ९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन्।

त्यसक्रममा पनि भेटघाट हुनेछ। मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ।

दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन्।

प्रकाशित: १३ फागुन २०८१ ८:३४ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast