
काठमाडौँ- ४ देशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकट तोकिएको छ।
अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधवार हुने फाइनल खेल लागि भीआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ।
लिगमा भीआइपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएको थियो। च्याम्पियनसिपमा नेपाल, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। नेपाल र म्यानमार फाइनल पुगेका हुन्।
उपाधिका लागि यी दुई टोली बुधबार दशरथ रंगशालामा भिड्नेछन्। समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए।
प्रकाशित: १३ फागुन २०८१ ८:२५
प्रतिक्रिया