
काठमाडौँ- नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्दैछ।
अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगी सकेका छन्।
आज बिहान झापामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा समेत देखिएका छन्। पछिल्लो समय माओवादीमा प्रचण्डसँग टसल देखाइरहेका जनार्दन समेत प्रचण्डसँगै देखिएका छन्। अभियानलाई अघि बढाउन नेताहरू झापा पुगेको माओवादीका नेता रञ्जीत तामाङ बताउँछन्।
प्रकाशित: १२ फागुन २०८१ ८:१५
प्रतिक्रिया