नवयुग श्रेष्ठ पोखरा थन्डर्समा

हिमाल प्रेस १२ फागुन २०८१ ७:२४
14
SHARES
नवयुग श्रेष्ठ पोखरा थन्डर्समा

काठमाडौँ- फरवार्ड नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्।

तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा नवयुगलाई टिममा आबद्ध गरेको पोखरा थन्डर्सका अध्यक्ष जाम्लिङ घलले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।‌

अनुभवी स्ट्राइकर नवयुगले घरेलु फुटबल त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन्। उनी पहिलो संस्करणको एनएसएलमा पोखराका मार्की खेलाडीको भूमिकामा थिए।

प्रकाशित: १२ फागुन २०८१ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast