काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (आइतबार) भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताएका हुन्।
मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताए।
प्रकाशित: ११ फागुन २०८१ २१:४० | Sunday, February 23, 2025
प्रतिक्रिया




