नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी

हिमाल प्रेस ११ फागुन २०८१ २०:०६ | Sunday, February 23, 2025
नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज (आइतबार) लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेलेका छन्।

यो नतिजासँगै तीन खेलमा समान सात अंक रहे पनि गोल अन्तरका आधारमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका छन्। यसअघि दुवै टोलीले कीर्गिस्तान र लेबनानलाई हराएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे। म्यानमारका लागि मयत खिन र मे एचटेट लुले गोल गरे।

खेलको छैटौं मिनेटमा मयतको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। तर म्यानमारको त्यो अग्रता लामो समयसम्म भने टिकेन। पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो। सावित्राको क्रसलाई सविताले वान टचमै गोलमा परिणत गरिन्।

मेले १७औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन्। सावित्राले ४०औं मिनेटमा गोल गर्दा नेपाल २-२ को बराबरीमा आयो।

अब उपाधिका लागि नेपाल र म्यानमारबीच बुधबार खेल हुनेछ।

प्रकाशित: ११ फागुन २०८१ २०:०६ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast