समाजवादी बैठकमा झलनाथले माधव नेपाललाई भने : के पार्टी विघटन गर्ने विचार छ?

हिमाल प्रेस ११ फागुन २०८१ ६:४९ | Sunday, February 23, 2025
समाजवादी बैठकमा झलनाथले माधव नेपाललाई भने : के पार्टी विघटन गर्ने विचार छ?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विधान नै पुनर्लेखन गर्नुपर्ने माग राखेका छन्। उनले विधान महाधिवेशनको भावना अनुरूप काम नभएकाले विधान पुनर्लेखन गर्नुपर्ने माग उठाएका हुन्।

शनिबार सम्पन्न बैठकमा बोल्दै खनालले पार्टीको वैधानिक ‘राष्ट्रिय मञ्च’ (विधान सभा)बाट पुनर्लेखित विधान पारित गर्नुपर्ने माग राखेका थिए। ‘म सम्मानित नेता हलबाट महाधिवेशन प्रतिनिधिहरूले सर्वसम्मत चुनिए तर विधानमै केन्द्रीय कमिटीले तोक्ने भनेर लेखेको छ,’ खनाललाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘उहाँ निक्कै आक्रामक बन्नुभएको थियो। बेदुराम भुसालले विधान परिवर्तन गरेकोमा आपत्ति पनि जनाउनुभयो।’ ती केन्द्रीय सदस्यका अनुसार खनालले जारी विधानबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउन नसकिने बताएका थिए।

उनले पार्टी विघठन गर्ने पनि योजना छ कि के हो ? भनेर प्रश्न गरेका थिए। ‘यो पार्टी विधानमा विघटन गर्ने अधिकारको कुरा गरिएको छ। किन राखिएको हो? नत्र कुनै अवस्थामा पार्टी संकटमा पर्दा के गर्ने भन्ने प्रावधान हुन्छ, तर पार्टी विघठन गर्ने प्रावधान कहिँ पनि हुँदैन,’ उनले भनेका थिए,‘सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने भनिएको छ। यो विधानमा कसरी लेखियो। यो झुक्किएर लेखिएको होइन, यो सुनियोजित षड्यन्त्र हो भन्ने प्रष्ट छ।’

उनले महाअधिवेशनको फ्लोरबाट तीनजना पदाधिकारी सर्वसम्मत निर्वाचित भएको तथ्यलाई विधानबाटै गायब पार्नु घोर षड्यन्त्र भएको बताएका थिए।

प्रकाशित: ११ फागुन २०८१ ६:४९ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast