‘तराई-मधेस जागरण अभियान’ चलाउँदै माओवादी

हिमाल प्रेस ८ फागुन २०८१ ८:०३
6
SHARES
‘तराई-मधेस जागरण अभियान’ चलाउँदै माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले तराईका जिल्लाहरूमा अभियान सञ्चालन गर्ने भएको छ। ‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टीलाई स्थानीयस्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले फागुन १२ देखि चैत ७ सम्म कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहने अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरू रहने छन्।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने जनाइएको छ। अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ। बिहान, दिउँसो र बेलुका गरी स-साना तीन वटा कार्यक्रम तय गर्न सकिने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा उल्लेख छ।

प्रकाशित: ८ फागुन २०८१ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast