एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

हिमाल प्रेस ८ फागुन २०८१ ७:३७ | Thursday, February 20, 2025
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो।

प्रकाशित: ८ फागुन २०८१ ७:३७ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast