सामाजिक र आर्थिक क्रान्तिको अगुवा कांग्रेस : महत

हिमाल प्रेस ७ फागुन २०८१ १९:१५ | Wednesday, February 19, 2025
सामाजिक र आर्थिक क्रान्तिको अगुवा कांग्रेस : महत प्रकाशशरण महत / फाइल तस्बिर

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन्।

नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकले बनेपामा आयोजना गरेको २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए।

‘सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध ग¥यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२÷०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ,’ उनले भने।

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताए।

उनले बीपी कोइरालाले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याए। आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उनले दाबी गरे।

प्रकाशित: ७ फागुन २०८१ १९:१५ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast