‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

हिमाल प्रेस ४ मंसिर २०७९ १०:५७
8
SHARES
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ।

मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुन सक्छ। देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार देशैभरको मौसम सामान्यतया सफा  छ।

हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ रहे पनि त्यति धेरै असर नहुने उनको भनाइ छ। महाशाखाले दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ।

 

प्रकाशित: ४ मंसिर २०७९ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =