प्रावि शिक्षक : यी जिल्लाहरूको नतिजा सार्वजनिक

हिमाल प्रेस ७ फागुन २०८१ १०:२१
136
SHARES
प्रावि शिक्षक : यी जिल्लाहरूको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा तथा सिफारिस गरिरहेको छ।

यो समाचार तयार गर्दासम्म आयोगले नवलपरासी पश्‍चिम, दाङ, प्युठान, गुल्मी, रुकुमपूर्व, रोल्पा, बाँके, बर्दिया, बझाङ, बैतडी, दार्चुला, बाजुरा, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लाको अन्तर्वार्ताको नतिजा तथा सिफारिस गरेको छ।

बाँकी जिल्लाहरूको नतिजा आगामी साताभित्र सार्वजनिक भइसक्ने आयोगले जनाएको छ।

यससँगै आयोगले प्राथमिक तह, तृतीय श्रेणीकै एकीकृत योग्यतासूचीको नतिजा पनि सार्वजनिक गरिरहेको छ।

नतिजा आयोगको वेबसाइटमा हेर्न सकिन्छ।

आयोगले गत असार २२ गते उक्त तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) लिएको थियो भने भदौमा विषयगत परीक्षा लिएको थियो।

आयोगले गत माघमा लिखित परीक्षाको नतिजा सार्वजनिक गरी अन्तर्वार्ताका लागि सूचना जारी गरेको थियो।

प्रकाशित: ७ फागुन २०८१ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast