समाजवादी विद्यार्थीमा किचलो : झलनाथ खनालले रोके समानान्तर कमिटी निर्माण, निर्णय सच्याउन ७ दिने ‘अल्टिमेटम’

हिमाल प्रेस ६ फागुन २०८१ ७:०८ | Tuesday, February 18, 2025
समाजवादी विद्यार्थीमा किचलो : झलनाथ खनालले रोके समानान्तर कमिटी निर्माण, निर्णय सच्याउन ७ दिने ‘अल्टिमेटम’

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनमा तिक्तता झनै बढेको छ। समाजवादीका विद्यार्थीले अध्यक्ष माधव नेपालले एक निर्णय गरेको भन्दै समानान्तर गतिविधि गर्दै आएका छन्। यही सन्दर्भमा पार्टी इतर विद्यार्थीले पार्टी निर्णयविरुद्ध समानान्तर कमिटी गठन गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको छ।

हालै पार्टीले जारी गरेको अपानीमा अनेरास्ववियू र युवासँग नेपालका अध्यक्षहरुलाई अन्यायपुर्ण तरिकाले हटाइएको भन्दै असन्तुष्ट पक्षले गर्ने तयारी गरेको कार्यक्रम पार्टीका सम्मानित नेता झलनाथ खनालले तत्काललाई स्थगित गर्न लगाएका हुन्।

ए वान पार्टी प्यालेस बानेश्वरमा अनेरास्ववियूका १५० भन्दाबढी कार्यकर्ता जम्मा भएर गरिएको तयारी सम्मानित नेता खनाल र विद्यार्थी र युवासंघका नेता कार्यकर्ताबीचको अनौपचारिक छलफलबाट स्थगित गरिएको थियो।

हाल अध्यक्ष रहेका विद्यार्थी र युवाले सम्मेलनको मिति तोकेर सम्मेलनबाट मात्र बिदा हुने बताए पनि पार्टीले अन्तर पार्टी निर्देशन जारी गर्दै नेतृत्वबाट हटाएको थियो।

मंगलबारको कार्यक्रम समानान्तर गठनका लागि भए पनि खनालले तत्कालका लागि स्थगित गर्न भनेका थिए। कार्यक्रममा खनालले भने, ‘भोलि(मंगलबार) बाट पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। यो तपाईँहरूलाई पार्टीले गरेको अन्यायको विरुद्ध म पार्टीको सबै कमिटीमा सतिसाल झैँ तपाईंहरूको पक्षमा उभिनेछु,’ उनले थपे,‘पार्टी कमिटीमा सशक्त रूपले तपाईंहरूको भावना अनुरुप र तपाईँहरूलाई भएको अन्यायको विरुद्धमा म लड्नेछु। पार्टीको बैठकमा तपाईंहरू माथि भएको अन्यायको सशक्त ढंगले म विरोध गर्नेछु।’

भेलाका सहभागी विधार्थीले हालै मात्र विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्रीले दुवै पक्षका सल्लाह नै नगरी एक पक्षीय ढंगले पार्टीको अध्यक्ष, उपाध्यक्ष र महासचिव घोषणा गरेकी थिइन्।

त्यस कार्यको विरोध गर्दै एकलौटी रूपमा अनेरास्ववियू घोषणा गरिएको भन्दै अनेरास्ववियू अध्यक्ष आराती लाम सहितले विरोध र असन्तुष्टी ब्यक्त गर्दै आएका थिए।

विद्यार्थीले अब बस्ने पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट यो एकल काटे अन्यायपूर्ण रूपमा भएको निर्णय सच्चाइएन भने एक हप्तापछि राष्ट्रिय कार्यकर्ता भेलाद्वारा कमिटी घोषणाको चेतावनी समेत दिएका छन्।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा अनेरास्ववियूको निवर्तमान अध्यक्ष आरती लामा, केन्द्रीय सदस्य तथा युवा संघ नेपाल निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मा, केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य केशरी रेग्मी, अनेरास्ववियू कार्यालय सदस्य मिलन राई, अनेरास्ववियू कार्यालय सदस्य नरेश न्यौपाने अनेरास्ववियू कार्यालय सदस्य, टेकेन्द्र मल्ल अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष तथा निवर्तमान सचिव प्रदिप थापा,अनेरास्ववियू उपत्यका प्रदेश अध्यक्ष तथा निवर्तमान सचिव प्रकाश श्रेष्ठ, कार्यालय सदस्य तथा निवर्तमान सचिव सुमन कार्कीलगायतकोउपस्थिति थियो।

प्रकाशित: ६ फागुन २०८१ ७:०८ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast