 तस्बिर: एपी।
                             तस्बिर: एपी।
                                            कायरो (रासस/सिन्ह्वा)- इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। साथै अन्य तीन जना घाइते भएका छन्। गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीनतले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो।
घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सारिएको छ। विष्फोटका कारण लागेको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।
ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
                            प्रकाशित: ५ फागुन  २०८१ १९:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 