ओडिसाबाट नेपाली विद्यार्थी फर्काइएको विषयमा कूटनीतिक सम्पर्कमा छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ५ फागुन २०८१ १६:४९ | Monday, February 17, 2025
ओडिसाबाट नेपाली विद्यार्थी फर्काइएको विषयमा कूटनीतिक सम्पर्कमा छौँ : प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसाको एउटा कलेजबाट नेपाली विद्यार्थीलाई निकालिएको विषयमा कूटनीतिक सम्पर्कमा रहेर काम गरिरहेको जानकारी दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ( केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको शंकास्प मृत्यु भएपछि त्यहाँ अध्ययनरत ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

ओडिसामा नेपाली विद्यार्थीको ‘आत्महत्या’, नेपाल फर्काइए ५०० विद्यार्थी

प्रकाशित: ५ फागुन २०८१ १६:४९ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast