किन ओली प्रदेशसभामा पनि सम्बोधन गर्दैछन्?

हिमाल प्रेस ५ फागुन २०८१ ७:५८ | Monday, February 17, 2025
किन ओली प्रदेशसभामा पनि सम्बोधन गर्दैछन्? केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सवालजबाफ गरेको भोलिपल्ट अर्थात सोमबार लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दैछन्।

आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्याह्न १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो। यसअघिका प्रधानमन्त्रीहरूले पनि प्रदेशसभामा सम्बोधन गरेका थिए।

ओलीले आजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री ओली दाङ आउने भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको पनि आयोजना गरिएको छ। प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ।

प्रकाशित: ५ फागुन २०८१ ७:५८ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast