छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

हिमाल प्रेस ४ फागुन २०८१ १७:३४ | Sunday, February 16, 2025
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन्।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले यस्तो जानकारी दिएका हुन्।

‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छु। त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,’ गृहमन्त्रीले भने।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए।

‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ। त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो। जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,’ गृहमन्त्री लेखले भने।

प्रकाशित: ४ फागुन २०८१ १७:३४ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast