हमासले रिहा गर्‍यो थप तीन बन्धक

हिमाल प्रेस ३ फागुन २०८१ १५:१६ | Saturday, February 15, 2025
हमासले रिहा गर्‍यो थप तीन बन्धक तस्बिर : रासस/एएफपी

काठमाडौँ- हमासले थप तीन बन्धक रिहा गरेको छ। हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रस कर्मचारीलाई जिम्मा लगाएको हो।

हमासले रूसी–इजरायली अलेक्जेन्डर ट्रौफानोव, अर्जेन्टीनी–इजरायली येर हौर्न र अमेरिकी–इजरायली सागुई डेकेल–चेन रहेका छन्।

रिहाईअघि हमासले बन्धकहरूलाई खान युनिसस्थित मञ्चमा लगेर दस्तावेजमा हस्ताक्षर गरेका थिए।

बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो। त्यसपछि हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएका थिए।

प्रकाशित: ३ फागुन २०८१ १५:१६ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast