सूर्य थापासँग रिसायो कांग्रस

हिमाल प्रेस ३ फागुन २०८१ १०:२६ | Saturday, February 15, 2025
सूर्य थापासँग रिसायो कांग्रस

काठमाडौँ- नेकपा एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाको व्यवहारप्रति सत्तारुढ नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

गृहजिल्ला प्युठानमा थापाले कांग्रेसलाई अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको भन्दै विरोध भएको हो। कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गर्दै थापाले एकल निर्णय गरेको, कांग्रेस नेतासँग समन्वय नगरेको जानकारी दिएका छन्।

गिरीले विज्ञप्तिमा भनेका छन्,‘ फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न दिएनन्।’ गिरीले भनेका छन्,‘टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएका छन्।’

त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरुद्ध अभिव्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ,’ भन्ने जस्ता अभिव्यक्ति दिएको आरोप पनि थापामाथि लगाइएको छ।

‘जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो?,’ विज्ञप्तिमा भनिएको छ। गिरीले गठबन्धनको गरिमालाई बिखण्डन गर्ने हेटस्पिच बन्द गर्न तथा जितको उन्माद नराख्न ध्यानाकर्षकण गराएका छन्।

प्रकाशित: ३ फागुन २०८१ १०:२६ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast