अध्यादेश बहस : सत्तापक्षीय दलको बैठकमा ‘असन्तुष्ट दल’को धारणा मागिँदै

हिमाल प्रेस ३ फागुन २०८१ ८:३१ | Saturday, February 15, 2025
अध्यादेश बहस : सत्तापक्षीय दलको बैठकमा ‘असन्तुष्ट दल’को धारणा मागिँदै

काठमाडौँ- संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ। प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकमा अध्यादेशबारे छलफल हुनेछ।

सत्ता घटकका दलबीच सरकारले ल्याएका अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आधिकारिकरूपमै भूमिसम्बन्धी अध्यादेशको विपक्षमा धारणा सार्वजनिक गरेका छन्।

यसबारे धारणा माग्न सत्ता घटकका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले बैठक डाकेका हुन्। कांग्रेस–एमाले जसरी पनि अध्यादेश पारित हुनुपर्नेमा छन्। यसअघि बसेको सत्ता संयन्त्रको बैठकमा पनि अध्यादेश पारित गरेर लैजाने निर्णय भएको थियो।

नेकपा एमालेका एक नेताका अनुसार जसपा–लोसपालाई एक बनाएर लैजानेबारे बैठकमा छलफल हुनेछ। यदि यी दल सहमतिमा नआए अध्यादेश पारित गर्न अन्य विकल्प खोज्ने योजना छ।

प्रकाशित: ३ फागुन २०८१ ८:३१ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast