काठमाडौँ- आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ४०० ले बढेको हो।
बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी प्रतितोला पाँचले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरिएको छ।
प्रकाशित: २ फागुन २०८१ ११:१३ | Friday, February 14, 2025
प्रतिक्रिया





