भारतको दाबी : नरेन्द्र मोदीको स्नानपछि बढे श्रद्धालु!

हिमाल प्रेस ३० माघ २०८१ ८:०७
18
SHARES
भारतको दाबी : नरेन्द्र मोदीको स्नानपछि बढे श्रद्धालु!

प्रयागराज- यमुना र गंगा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो।

१४४ वर्षपछि लागेको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन्। प्रयागराजमा गंगा र यमुनासँगै सरस्वती नदीको संगम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ।

यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न। भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए।

दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन्। ‘महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ। त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्’, उनले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको संख्या उल्लेख्य बढेको छ। ‘पछिल्लो पाँच दिनमा भक्तजनको संख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ’, उनले भने। हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन्। रासस

प्रकाशित: ३० माघ २०८१ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast