पशुपति राईको निर्देशनमा मञ्चन हुँदै ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, निर्माता बने विजय

हिमाल प्रेस २८ माघ २०८१ १२:२८
508
SHARES
पशुपति राईको निर्देशनमा मञ्चन हुँदै ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, निर्माता बने विजय

काठमाडौँ- अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्दशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने भएको छ। पाेस्टर सार्वजनिक गर्दै नाटक मञ्चनकाे घाेषणा गरिएकाे हाे। नाटक आगामी फागुन ९ देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।

लोककथाकी महिला पात्र लेम्लेम्मा बनमान्छे हुन् भन्ने किँरातीहरुको विश्वास छ। उनै पात्रको माध्यमबाट नाटकमा मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाउन खाेजेकाे निर्देशक राईले बताइन्।

‘हामीले नाट्यशैलीमार्फत मिथकमा महिलालाई किन र कसरी प्रस्तुत गरिएको छ भन्ने पनि देखाउन खाेजेका छाैँ। उनले भनिन्, लेम्लेमाजस्ता पात्र वास्तवमै हुने हो भने समाज कस्तो हुन्थ्यो होला?’

थिएटरकै प्रस्तुति रहेको नाटकको कथा मिल्सन राईले लेखेका हुन्। नाटकको निर्मातामा अभिनेता विजय बराल छन्। नाटकमा थिन्ले ल्याम्बाे, राेशनी स्याङबाे, बलबहादुर राई, रमिला माेक्तान, युवाहाङ राईलगायत कलाकारकाे अभिनय छ।

चैत ३ सम्म मञ्चन हुने भनिएकाे नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० र शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुने थिएटरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast