![म्यान्चेस्टर युनाइटेड : प्रिमियर लिगमा लगातार हार, एफए कपमा राहत](https://himalpress.com/wp-content/uploads/2025/02/united-1.jpg)
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा कुनै टिम कठिन क्षणमा गुज्रिरहेको छ भने त्यो हो, म्यान्चेस्टर युनाइटेड। प्रिमियर लिगको सर्वाधिक सफल यो टिम यसपटक भने कठिन समयमा गुज्रिरहेको छ।
पछिल्ला खेलहरू गुमाउँदा १३ औँ स्थानमा पुगेको छ। भनिन्छ, आउँदा दिनमा पनि युनाइटेडका लागि सहज छैन। यता, एफए कपको शुक्रबार रातिको खेलमा भने युनाइटेडले राहत महसुस गरेको छ। लेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेड जित निकाल्न सफल भयो। भनिन्छ, यो खेलले युनाइटेडलाई केही राहत महसुस भयो।
खेलमा युनाइटेडले पुनरागमन जित निकाल्यो।
इन्ज्युरी समयको तेस्रो मिनेटमा ह्यारी म्यागुएरले हेड मार्फत गोल गर्दा म्यान्चेस्टर जिततर्फ धकेलियो। प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ औं मिनेटमा अग्रता लियो। ६८ औं मिनेटमा जोसुआ जिर्कजीले युनाइटेडका लागि गोल फर्काए।