काठमाडौँ- प्रतिनिधिसभाका दुई नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथग्रहण गरेका हुन् । गएको पुस ७ गते भएको शपथ कार्यक्रममा उनीहरू अनुपस्थित थिए।
सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन्।
प्रकाशित: १९ पुष २०७९ १३:४५
प्रतिक्रिया