कीर्तिमानी मूल्यबाट सस्तियो डलर, कति छ युरो?

हिमाल प्रेस २६ माघ २०८१ ६:१७
38
SHARES
कीर्तिमानी मूल्यबाट सस्तियो डलर, कति छ युरो?

काठमाडौँ- दुईदिनदेखि लगातार बढेर कीर्तिमान कायम भएको अमेरिकी डलर शनिबार घटेको छ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको मूल्यसूची अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।

आज युरो, कुबेती र बहराइन दिनारसहितका मुद्रा पनि सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड लगायतका केही विदेशी मुद्राको मूल्य भने बढेको छ।

आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६४ र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ। हिजो लागि कुवेती दिनार एकको खरिददर चार सय ५३ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ५५ रुपैयाँ ०६ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ४९ पैसा थियो।

प्रकाशित: २६ माघ २०८१ ६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast