झापाबाट काठमाडौँ गइरहेको निजी सवारीसाधन दुर्घटना, एकको मृत्यु, पाँच घाइते

हिमाल प्रेस २५ माघ २०८१ ८:२३
16
SHARES
झापाबाट काठमाडौँ गइरहेको निजी सवारीसाधन दुर्घटना, एकको मृत्यु, पाँच घाइते

सिन्धुली- झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारीसाधन दुर्घटना भएको छ।

बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। साथै एक जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।

मोरङको लेटाङ नगरपालिका-२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

इलाम देउमाई नगरपालिका-८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका-१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए।

प्रकाशित: २५ माघ २०८१ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast