गगन थापाको प्रश्न, भूकम्प पुनर्निर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ?

हिमाल प्रेस २४ माघ २०८१ १४:२८
14
SHARES
गगन थापाको प्रश्न, भूकम्प पुनर्निर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ? नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प, असोजका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा भइरहेका कामबारे सरकारसँग जबाफ मागेका छन्।

थापाले बिहीबार प्रतिनिधिसभाको शून्य समयको बैठकमा भाग लिँदै भने, ‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका काम र स्रोत जुटाउने काम कसरी भइरहेको छ? यी सबै कुराहरूका बारेमा सदनलाई जानकारी गराइयोस्। हामी सुन्न पनि चाहन्छौँ र छलफलमा भाग लिन पनि चाहन्छौँ।’

महामन्त्री थापाले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने आकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको बताए। उनले भने, ‘पुनर्निर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन्। उदेकलाग्दो कुरा त क्षतिको विस्तृत लेखाजोखा (डीडीए) भर्खर मात्रै भएको छ।’

यसैगरी उनले असोजको बाढीमा बगेका र भत्केका घरहरूको अस्थायी आवासका निम्ति मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले निर्णय गरे पनि कतिपयले पहिलो किस्ताको अनुदान नै नपाएको बताए।

थापाले भने, ‘बाढीबाट क्षति भएका ४१ वटा सडक खण्डको पुनर्निर्माण गर्नका लागि मात्रै २५ अर्ब चाहिन्छ। यी सबैमा गरी हामीलाई १ खर्ब रुपैयाँ चाहिन्छ। सरकारले बजेटमा २१ अर्ब छुट्टयाएको छ। सरकारले बाँकी पैसा कहाँबाट ल्याउने भनेर सोचेको छ?’

प्रकाशित: २४ माघ २०८१ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast