मंगलबार कीर्तिमान कायम गरेको डलर आज घट्यो

हिमाल प्रेस २३ माघ २०८१ ६:३७
4
SHARES
मंगलबार कीर्तिमान कायम गरेको डलर आज घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६२ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो।

युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६० पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्यांक दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९६ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा कायम भएको छ।

प्रकाशित: २३ माघ २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast