काठमाडौँ- इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी फेरि स्तब्धपूर्ण यात्रामा भोग्न थालेको छ। चिरपरिचित प्रतिद्वन्द्वी आर्सनलसँगको लज्जास्पद हारले सिटीलाई ‘टप ३’ मा पुग्ने दूरी अब बढेको छ।
आइतबार रातिको खेलमा सिटी आर्सनलसँग ५-१ को विशाल हार भोग्न पुग्यो। जितसँगै आर्सनल शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरीलाई घटाएको छ। लिग लिडर लिभरपुलको ५६ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५० अंक छ। लिभरपुलभन्दा आर्सनलले एक खेल बढी खेलेको छ। यता, सिटी भने ४१ अंकका साथ शीर्ष चौथोमा यथावत छ। तेस्रोमा रहेको नटङ्घम फारेस्ट ४१ अंकमा छ।
आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे।
ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दैै सिटीलाई खेलमा फर्काए। तर त्यसको एक मिनेटमै पार्टेले गोल गर्दैै आर्सनललाई अघि बढाए। त्यसपछि सिटी सम्हालिन सकेन।
स्केलीले ६२ औं मिनेटमा गोल गरे। आर्सनलका लागि सिनियर लेभलमा यो उनको पहिलो गोल हो। ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो।