गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

हिमाल प्रेस २० माघ २०८१ ९:३६
8
SHARES
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी- कालीगण्डकी गाउँपालिका-२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी-२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० माघ २०८१ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast