काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शनिबार रातिको खेलमा नटिङघम फरेस्टले सानदार जित हात पारेको छ। क्रिस उडको ह्याट्रिकको सहयोगमा नटिङघम फरेस्टले ब्राइटनलाई ७-० ले हरायो।
डेनिस डन्कले १२ औँ मिनेटमा आत्मघाती गोल गरेपछि फरेस्ट अघि बढेको थियो। सो खेलको २५ औँ मिनेटमा गिब्स ह्वाइटले थप गोल गरे। खेलको ३२ औँ मिनेटमा पहिलो गोल गरेका उडले ६४ औँ मिनेटमा अर्को गोल गरे। उनले ६९ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ह्याट्रिक गरे।
निक विलियमले ८९ औँ तथा जोटा सिल्भाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे। तालिकामा फरेस्ट र दोस्रो स्थानमा रहेको आर्सनलको समान ४७ अंक छ। आर्सनलले आइतबार म्यानचेस्टर सिटीसँग खेल्ने छ। गोल अन्तरको आधारमा आर्सनल दोस्रो तथा फरेस्ट तेस्रो स्थानमा छन्।
प्रकाशित: २० माघ २०८१ ७:५१ | Sunday, February 2, 2025
प्रतिक्रिया





