लामो समय दुःख दिन रविमाथि संगठित अपराधको अभियोग लगाइयो : वाग्ले

हिमाल प्रेस १८ माघ २०८१ १५:४० | Friday, January 31, 2025
लामो समय दुःख दिन रविमाथि संगठित अपराधको अभियोग लगाइयो : वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई निलम्बन फुकुवा गर्न कानुनी उपचार खोज्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा लामिछानेमाथि सिङ्गो राज्य खनिएको बताउँदै उनले न्यायपालिकामाथि आफूहरूको विश्वास रहेको उल्लेख गरे।

सरकारले राज्य शक्तिको अस्त्रीकरण गरेको बताउँदै रास्वपा सभापति लामिछानेलाई बदला लिने उद्देश्यले पक्राउ गरिएको जिकिर गरे। लामो समय दुःख दिनलाई लामिछानेमाथि संगठित अपराधको अभियोग लगाइएको उनको भनाइ छ।

वाग्लेले जाँचबुझ आयोगमार्फत पूर्वन्यायाधीशको अध्यक्षतामा समिति बनाएर राजकीय सुविधा उपभोग गरेका सबैको छानबिन गर्न आफूहरूको माग रहेको बताए।

अध्यादेशका केही कन्टेटहरू राम्रो भए पनि नराम्रो विषयको विरोध गर्ने उनले उल्लेख गरे। संसदलाई थुनेर जस लिने उद्देश्यले सरकारले अध्यादेश ल्याएको वाग्लेले बताए।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिएर सच्चाएर ल्याउन उनले सरकारलाई आग्रह गरे।

प्रकाशित: १८ माघ २०८१ १५:४० | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast