हिउँदे अधिवेशनको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक

हिमाल प्रेस १८ माघ २०८१ ११:०७ | Friday, January 31, 2025
हिउँदे अधिवेशनको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरु भएको हो। दिउँसो सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने रणनीति तय गर्न संसदीय दलको बैठक बसेको मुख्य सचेतक श्यामकुमार घिमिरेले बताए।

यसअघि दुई दिन बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ शीर्ष नेताले दिने उनले जानकारी दिए। दुई दिनअघि बसेको संसदीय दलको बैठकमा कांग्रेसले विज्ञहरू बोलाएर सरकारले ल्याएको अध्यादेशको औचित्य र आवश्यकताका विषयमा सांसदहरूसँग छलफल गरेको थियो।

हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकारले ल्याएका अध्यादेशहरू पेस हुने कार्यसूची छ।

प्रकाशित: १८ माघ २०८१ ११:०७ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast