रविको निलम्बन फुकुवा माग राखेर सभामुखसँग भेट गर्दै रास्वपाका सांसदहरू

हिमाल प्रेस १८ माघ २०८१ ११:०१ | Friday, January 31, 2025
रविको निलम्बन फुकुवा माग राखेर सभामुखसँग भेट गर्दै रास्वपाका सांसदहरू रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभामुख देवराज घिमिरेसँग भेट गर्ने भएका छन्। सभामुखलाई बिहान ११:३० बजे सिंहदरबारमा भेट गर्न लागिएको रास्वपाका एक सांसदले जानकारी दिए। उनीहरूले रवि लामिछानेमाथि गरिएको निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसँग आग्रह गर्ने भएका छन्।

सभामुखलाई भेट गर्न रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरूको टोली जान लागेको ती सांसदले बताए। ‘थुनामुक्त भइसकेकाले निलम्बन फुकुवा गर्नुपर्ने हाम्रो माग रहनेछ’, ती सांसदले भने। प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ।

सभामुख घिमिरेले लामिछानेलाई पुस ८ गते सांसद पदबाट निलम्बित गरेका थिए। लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर भएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाइएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका सभापति लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनी रिहा भएका थिए। यसैगरी लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ।

प्रकाशित: १८ माघ २०८१ ११:०१ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast