काठमाडौँ- राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सहिदगेटमा अनावरण गरिएको छ। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि भइरहेको सभापति कप फुटबल प्रतियोगिताको ट्रफी बुधबार सहिद गेटमा अनावरण गरिएको हो।
नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरेका छन्। आयोजक महाधिवेशन निर्देशन समितिले बुधबार सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बीच सहिद गेटमा अनावरण गरेको हो।
खेलमा ८ टिम सहभागी थिए। विजेताले २६ लाख रुपैयाँ र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।
प्रकाशित: १६ माघ २०८१ १४:०१ | Wednesday, January 29, 2025
प्रतिक्रिया





