शिक्षकलाई मासिक तलब दिँदै स्थानीय तह

हिमाल प्रेस १६ माघ २०८१ १०:४४ | Wednesday, January 29, 2025
शिक्षकलाई मासिक तलब दिँदै स्थानीय तह

काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब दिन सुरु गरिएको छ। संघीय सरकारले शिक्षकलाई मासिक रुपमै तलब दिन स्थानीय तहलाई आग्रह गरेपछि कतिपय स्थानीय तहहरूले तलब दिन सुरु गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई मासिक तलबको आग्रह गरेको थियो।

इलामको सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई २ वर्षदेखि मासिक तलबभत्ता दिँदै आएको छ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दुई वर्षदेखि शिक्षकलाई सिधै बैंक खातामा तलब जम्मा गर्दै आएको छ।

चितवनको खैरहनी नगरपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, खोटाङको  रावा बेसी गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि शिक्षकलाई मासिरक तलब दिँदै आएका छन्।

प्रकाशित: १६ माघ २०८१ १०:४४ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast