आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने, धादिङमा पनि मुद्दाको तयारी!

हिमाल प्रेस १६ माघ २०८१ ६:३८ | Wednesday, January 29, 2025
आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने, धादिङमा पनि मुद्दाको तयारी!

काठमाडौँ- आशिका तामाङलाई आउँदो शुक्रबारसम्म हिरासतमा राखिने भएको छ। भक्तपुर जिल्ला अदालतले प्रहरीलाई सोही दिनसम्म हिरासतमा रहने गरीको अनुमति दिएको हो।

आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध मंगलबार जिल्ला अदालत भक्तपुरले म्याद थप गरेको थियो।

पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

 तामाङको फेसबुकमा मंगलबार लेखेको छ, ‘उहाँलाई भक्तपुरबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ। सरकार सञ्चालन गरिरहेको पार्टीको भ्रातृ संगठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्न आएको छ। भुइँमान्छेको आवाजलाई बुलन्द गर्न खोज्दा दिदी आफैँलाई यो राज्यले अन्याय गर्दै छ र गम्भीर मानव अधिकारको उल्लंघन गरेको छ।’

प्रकाशित: १६ माघ २०८१ ६:३८ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast