राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

हिमाल प्रेस १५ माघ २०८१ १६:५० | Tuesday, January 28, 2025
राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। क्वालालाम्पुरस्थित राजप्रासदमा मंगलबार आयोजित विशेष समारोहमा उनले मलेसियाका राजा इब्राहिमसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्च अधिकारीका साथै नेपाली दूतावासका पदाधिकारीको उपस्थिति रहेको क्लालाम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँच जना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गैर सरकारी स‌ंस्थामा सक्रिय डा . तिमिल्सिना वर्तमान सरकारको छनौटमा परेका व्यक्ति हुन्। उनले त्यहाँ नेपाल मलेसिया सम्बन्धसँगै त्यहाँ रहेका नेपाली र मलेसियामा नेपाली कामदार थप पुर्‍याउने विषयमा काम गर्न पर्ने देखिन्छ।

मलेसियामा नेपाली कामदारको माग निकै छ भने उच्च शिक्षाको लागि पनि मलेसिया नेपालीको रोजाईमा परिरहेको छ।

प्रकाशित: १५ माघ २०८१ १६:५० | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast