काठमाडौँमा खुला स्थानमा फोहोर फ्याक्दै हुनुहुन्छ? कारबाहीमा परिएला!

हिमाल प्रेस १५ माघ २०८१ ९:०६ | Tuesday, January 28, 2025
काठमाडौँमा खुला स्थानमा फोहोर फ्याक्दै हुनुहुन्छ? कारबाहीमा परिएला!

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाइृ कारबाही गर्ने भएको छ। महानगरले सूचना जारी गर्दै महानगरभित्र फोहोर फ्याक्न रोक लगाएको हो।

घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

‘यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

प्रकाशित: १५ माघ २०८१ ९:०६ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast