शेखरको प्रश्न संसद् बस्ने बेला अध्यादेश किन?

हिमाल प्रेस १४ माघ २०८१ १९:०५
86
SHARES
शेखरको प्रश्न संसद् बस्ने बेला अध्यादेश किन?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद छलेर सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन्। संसद बस्ने समय नजिकिँदै गर्दा अध्यादेश ल्याइएकोमा उनले आपत्ति जनाएका हुन्।

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको बताए।

‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरूरी थिएन। अध्यादेशमा केही खोट छ कि?, सरकारको केही स्वार्थ छ कि? भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुई तिहाईको संख्या छ। सजिलै पास हुन्थ्यो। संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन।’

कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताए। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे।

तीन तहको सरकारमा बसेका अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको भनाइ छ। ‘अहिले राजनीतिलाई व्यावसायीकरण गरिँदैछ। राजनीति भनेको पेशा, व्यवसाय होइन, सेवा हो,’ उनले भने,‘पैसा कमाउने थुप्रै विकल्पहरू छन्। तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो।’

नेता कोइरालाले जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुने बताए।

प्रकाशित: १४ माघ २०८१ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast