पाथीभरामा प्रहरीले दमन गरेको भन्दै जसपा नेपालको आपत्ति

हिमाल प्रेस १३ माघ २०८१ १५:३० | Sunday, January 26, 2025
पाथीभरामा प्रहरीले दमन गरेको भन्दै जसपा नेपालको आपत्ति उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले ताप्लेजुङको पाथीभारा क्षेत्रमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएको छ।

पहिचान पक्षधरले गरिरहेको ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको भन्दै जसपा नेपालले विरोध जनाएको हो।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले आइतबार विज्ञप्ति निकालेर शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भर्त्सनायोग्य रहेको बताएका छन्।

आन्दोलनकारीको मागअनुरूप उक्त क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल बन्द गर्न जसपाले माग गरेको छ।

भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पाथीभरा क्षेत्रका स्थानीयवासी ‘नो कबेलकार’ भन्दै केबल कार निर्माणको विरोधमा उत्रिएका छन्।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वालगायतका व्यक्ति घाइते भएका छन्।

प्रकाशित: १३ माघ २०८१ १५:३० | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast