सेवाग्रहीमाथि हुने आपत्तिजनक व्यवहार असह्य : इनड्राइभ

हिमाल प्रेस १२ माघ २०८१ १९:१८ | Saturday, January 25, 2025
सेवाग्रहीमाथि हुने आपत्तिजनक व्यवहार असह्य : इनड्राइभ

काठमाडौँ- इनड्राइभका एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टलीले इनड्राइभले आफ्ना सेवाग्रहीमाथि हुने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्यप्रति सचेत रहेको बताएका छन्।

उनले सेवाग्रहीमाथि गरिने दुव्र्यवहारपूर्ण वा गलत आचरणजस्ता कार्यप्रति इनड्राइभ शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका हुन्।

आफूहरूले सेवाग्रहीको सुरक्षा र सन्तुष्टि विशेषगरी महिलाहरूको सुरक्षालाई विशेष प्राथमिकतामा रहेको टलीले उल्लेख गरेका छन्।

हालै एक जना महिला सेवाग्रहीले भोग्नुपरेको दुखद घटनाप्रति खेद व्यक्त गर्दै उनले क्षमायाचना गरेका छन्।

हालसालै इनड्राइभका एक जना राइडरले काठमाडौँमा महिला सेवाग्रहीसँग दुव्र्यवहार गरेको खुलेको थियो। महिला यात्रीको मोबाइल नम्बर प्राप्त गरी विद्युतीय माध्यमार्फत यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले इनड्राइभका चालका प्रवीण बराललाई नियन्त्रणमा लिएको थियो।

क्षेत्रीय निर्देशक टलीले यही घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्। उनले यस घटनासम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको बताएका छन्।

प्रकाशित: १२ माघ २०८१ १९:१८ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast