काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। हिजोदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक आजसम्म जारी रहने भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भाबी राजनीतिक दिशासहित सांगठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ।
प्रकाशित: १२ माघ २०८१ ९:२०
प्रतिक्रिया