रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, अब आइतबार हुने

हिमाल प्रेस ११ माघ २०८१ १९:१३
12
SHARES
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, अब आइतबार हुने

लुम्बिनी- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि सकएन। प्रतिवादी लामिछानेका तर्फबाट तीन जना र सहकारी पीडितको तर्फबाट दुई जना गरी आज (शुक्रबार) पाँच जनाले थुनछेक बहस गरेका हुन्।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको बहस नसकिएपछि लामिछानेलाई परिवार र वकिलको जिम्माजमानीमा आइतबार अदालत हाजिर हुने गरी आदेश भएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। उनका अनुसार अब आइतबार मात्रै बहस हुनेछ।

यसअघि बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए। सरकारी वकिलहरूले सहकारी ठगी जस्तो मुद्दाको थुनछेक बहसमा लामिछानेलाई हिरासत नराखी जिम्माजमानीमा छाडेको भन्दै आपत्ति जनाएका थिए। बिहीबार सरकारी वकिल र सहकारीपीडित जाहेरवालाका तर्फबाट गरी ११ जनाले बहसमा भाग लिएका थिए।

प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो।

दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणका प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ।

प्रकाशित: ११ माघ २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast