प्रचण्डको स्वीकारोक्ति : जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो

हिमाल प्रेस ११ माघ २०८१ १३:२६
8
SHARES
प्रचण्डको स्वीकारोक्ति : जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन्।

शुक्रबार दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन्। जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेको उनले बताए।

‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो। हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ। ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन्,’ उनले भने, ‘अब त्यसलाई सच्याउनुपर्छ। सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ। त्यस्तै उनले जनयुद्धको मुद्दा लिएर फेरि समुदायतिरै फर्किनुपर्ने बताए।

‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ,’ उनले भने, ‘सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ। जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ। यसमा म सन्तुष्ट छु।’

प्रकाशित: ११ माघ २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast