यी जिल्लाका प्रावि शिक्षक नतिजा प्रकाशित

हिमाल प्रेस १० माघ २०८१ १५:३५ | Thursday, January 23, 2025
यी जिल्लाका प्रावि शिक्षक नतिजा प्रकाशित

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको (सामान्य र विषयगत) परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै अन्तर्वार्ताका लागि सूचित गरेको छ। उक्त तहको नतिजा आयोगको गत पुस २८ गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। आयोगले सातवटै प्रदेशको नतिजा प्रकाशन गरिरहेको छ।

हालसम्म नुवाकोट, धादिङ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, बागलुङ, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, नवलपरासीपूर्व, पर्वत, म्याग्दी, मुस्ताङ, तनहुँ, स्याङ्जा जिल्लाको लिखित नतिजा प्रकाशन तथा अन्तर्वार्तासम्बन्धी सूचना गरिएको छ।

त्यस्तै अर्घाखाँची, रुकुमपूर्व, गोरखा, कास्की, मनाङ, लमजुङ, नवलपरासी पश्‍चिम, पाल्पा, गुल्मी, रुपन्देही, बाँके, कपिलवस्तु, रोल्पा, प्युठान, दाङ, बर्दिया, कर्णाली प्रदेशका सबै जिल्लाहरू, कैलाली,दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्तासम्बन्धी सूचना गरिएको आयोगले जनाएको छ।

आयोगले गत असार २२ गते उक्त तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) लिएको थियो भने भदौमा विषयगत परीक्षा लिएको थियो।

नामावली हेर्न यहीँ क्लिक गर्नुस्

प्रकाशित: १० माघ २०८१ १५:३५ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast