केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरूवाती मूल्य ४३ लाख ९६ हजार

हिमाल प्रेस १० माघ २०८१ १४:२९
केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरूवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौँ- केई मोटर्स नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई– मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ।

अझै बढी दक्षतायुक्त र एक्स–३ प्रोको सुरूवाती मूल्य ४३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। यो अफर केही दिनका लागि मात्र लागू हुने वितरकले जनाएको छ।
कम्प्याक्ट एसयुभी सेगमेन्टमा यो सबैभन्दा किफायती हुने वितरकको दाबी छ।

एक्स–३ प्रो इलेक्ट्रिक सवारी साधनमात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगमसमेत रहेको लक्ष्मी ई–मोबिलिटीको भनाइ छ।

यसमा प्रयोग भएको ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन पस्फेट ब्याट्रीले २६० एनएमसम्मको उच्चतम टर्क प्रदान गर्ने बताइएको छ।

यसले सिंगल चार्जमा ३७० किलोमिटर (एनइडीसी) सम्मको रेन्ज दिने कम्पनीको दाबी छ। यसको ब्याट्रीलाई पूरा चार्ज गर्न पाँचदेखि सात घण्टा लाग्छ। यसलाई घरमै सात किलोवाटको एसी चार्जर प्रयोग गरी आठ घण्टामा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।

एक्स–३ प्रो ईभीको लम्बाई चार हजार चार सय ४३ एमएम, चौडाई एक हजार ८३१ एमएम र उचाई एक हजार ६४६ एएमम रहेको छ भने यसको ह्विलबेस दुई हजार ६३२ एमएम रहेको छ।

केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ। केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडसहित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ।

यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो। सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ।

कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ। पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन्।

यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ।

प्रकाशित: १० माघ २०८१ १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast